तुलसीपुर, २ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि आज शुक्रवार उम्मेदवारी दर्ता भएको छ । यहि असोज ११ गते नयाँ नेतृत्व चयनका लागी चुनाव हुँदैछ । संघको अध्यक्ष सहित पदाधिकारीका लागि ४८ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा अध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
जसमा अध्यक्ष पदमा धु्रव कुमार गहतराज, नरेश कार्की, अनिल आचार्य र नरेश श्रेष्ठले मनोनयन दर्ता गराएको निर्वाचन समितिका संयोजक रेवतीरमण भट्राईले जानकारी दिनुभयो । संघको नयाँ नेतृत्वका लागी आकांक्षीहरुले मनोनयन दर्ता गरे संगै चुनावको चहलपहल सुरु भएको छ । अध्यक्ष पदका लागि ४ ले मनोनयन दर्ता गरे संगै चुनाव कसको पक्षमा होला भन्ने बहस पनि सुरु भएको छ ।
अध्यक्ष पदका उम्मेदवारहरू मध्ये नरेश श्रेष्ठ र नरेश कार्की कांगेस निकट व्यवसायीका रूपमा चिनिन्छन् । अर्का उमेदवार धुर्ब कुमार गहतराजलाई एमाले तथा नेकपा निकट व्यवसायीहरूको समर्थनमा अध्यक्ष पदमा अघि सारिएको चर्चा छ । यसैगरी अनिल आचार्य विगतमा एमाले निकट व्यवसायीका रूपमा रहे पनि अहिले उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । अध्यक्ष पदमा आकांक्षीहरूको संख्या बढेसँगै संघको निर्वाचनमा कडा प्रतिस्प्रर्धाको अवस्था बन्ने आकलन गरिएको छ । उम्मेदवारी दर्तापछि दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम उम्मेदवारको सूची प्रकाशन लगायतका निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । असोज ५ गते उम्मेद्वारी फिर्ता लिने कार्य सुचि छ भने ११ गते निर्वाचन हुने भएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।