२०८३ असोज ३ गते शनिवार

दाङमा झुटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा दम्पती पक्राउ

दाङ, २ असोज । दाङमा झुटो विवरण पेस गरेर नेपाली नागरिकता  लिएको आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ।   राजपुर गाउँपालिका–३, बसन्तपुर बस्ने ४८ वर्षीया श्यामकुमारी यादवले करिब ११ वर्षअघि मृत्यु भइसकेका बुढाराम अहिरको बुहारी भएको झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

उक्त घटनामा श्यामकुमारी यादवका श्रीमान् कृष्णबहादुर अहिरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  पक्राउ परेका दुवै जनालाई अदालतमा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।