काठमाडौ,१ असोज, । काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन् । काठमाडौं नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन्।
सेवाग्राहीलाई अनावश्यक हैरानी दिई घुस मागिरहेको उजुरीपछि घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ को सुन्धारा चोकमा रहेको एक रेस्टुरेन्टबाट अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।उनीविरुद्ध विशेष अदालतको अनुमतिमा घुस÷रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियारले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।