तुलसीपुर, ३१ भदौ । तुलसीपुर उपमहानगरपालिकाले भोटेकोशी बाढि पिडितहरुका लागी राहात दिने भएको छ । उपमहानगरपालिकाको आज बसेको ५२ औँ कार्यपालिका बैठकले गत भदौ १० गते भोटेकोशी नदी र त्रिशुली नदीमा आएको विनाशकारी बाढि परी ज्यान गुमाएका ,सम्पर्कविहिन भएका उपमहानगरपालिका भित्रका नागरिकलाई खोज तथा उद्दारका लागी जनही एक लाखका दरले राहात दिने निर्णय गरेको हो । भर्चुअल मार्फत नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले नगर भित्रका वाढि पिडित नागरिकका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
बाढिमा परी सम्पर्क विहिन भएका व्यक्तिहरुको सम्पुर्ण विवरण संकलन गरी उनीहरुका घरपरिवारलाई राहत दिने निर्णय भएको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । साथै बैठकले बाढि पहिरोका कारण ठुलो धनजनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली र घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।