२०८३ भाद्र २४ गते बुधवार

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या साढे तेह्र सय नाघ्यो,अझै पाँच हजार बढि वेपत्ता

फोटो फाईल

काठमाण्डौ, २४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन । बाढिमा परी वेपत्ता भएका मध्ये हालसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिलेसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको छ । यस्तै उपचारका क्रममा काठमाण्डौमा २ जनाको ज्यान गएको छ ।

भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ३९३ जना छन् । बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनालगायतका कामलाई तीव्र पारेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।