२०८३ भाद्र २३ गते मङ्गलवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,२३ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ मनिकापुरका करिब ५५ वर्षीय जितबहादुर परियार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत भदौ २१ गते राति करिब ११ बजेतिर आफन्त चन्द्रबहादुर परियारको घरमा पाहुना गएका जितबहादुर राति पिसाब फेर्न घरबाहिर निस्कने क्रममा टिनले छाएको बरन्डाको फलामे पाइपमा प्रवाह भइरहेको करेन्टको सम्पर्कमा आउनुभएको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।