२०८३ भाद्र २३ गते मङ्गलवार

चार्डपर्वलाई लक्षित गरि राप्ती गाउँपालिका क्षेत्रका बजार शनिबार पनि खुल्ने

दाङ, २३ भदौ । चार्डपर्वलाई लक्षित गरि दाङको राप्ती गाउँपालिका क्षेत्रका बजार शनिबार पनि खुल्ने भएको छ । आगामी भदौ २७ गते शनिबार देखि लागू हुने गरि राप्ती उद्योग वाणिज्य संघ भालुवाङ मातहत र सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका बजार शनिबार खुल्ला राख्ने निर्णय भएको सम्बन्धित उद्योग वाणिज्य संघले जानकारी दिएका छन् । नेपालीहरूको महान् पर्वहरू हरितालिका तीज, दशै, तिहार र छठ पर्वलाई मध्ये नजर राखि आगामी कार्तिक २८ गते सम्म बजार शनिवार पनि खुल्ने उद्योग वाणिज्य संघहरूले जानकारी दिएका छन् ।

यो समयमा बजारमा उपभोक्ताको उपस्थिति बाक्लो हुने भएकाले शनिवार पनि उपभोक्तालाई सेवा दिनका लागि यो निर्णय गरिएको उनले बताए । अन्य समयमा संघले शनिवार बजारहरु बन्द गर्दै आएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।