सल्यान,२३ भदौ । सल्यानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–३, लोटाउनेका १७ वर्षीय मदन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार पहिरोले पुरिएर गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार पुन भलिबल खेलेर घर फर्किने क्रममा गएराति कपुरकोट गाउँपालिका–५, खारखोलामा पहिरोसँगै खसेको रुखले च्यापिएका थिए। घटनापछि उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा उपचारकै क्रममा गएराति करिब १ बजे पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।