२०८३ भाद्र २३ गते मङ्गलवार

दाङमा ३७ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन

दाङ,२३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका दाङका व्यक्तिहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न रगतको नमुना संकलन गरिएको छ। सोमबार दाङका ३७ जना बेपत्ताका परिवारका सदस्यबाट डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा। हेमबहादुर केसीका अनुसार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा २३ जनाको रगतको नमुना संकलन गरिएको छ।

सम्पर्कविहीन आफन्तको पहिचान खुलाउन तथा खोजी कार्यलाई सहज बनाउन परिवारका सदस्यको डीएनए नमुना संकलन गरिएको हो। रसुवा र नुवाकोटमा कामका सिलसिलामा पुगेका दाङका ६० जना बाढीपछि सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म छ जना पुरुष परिवारको सम्पर्कमा आएका छन्। प्रहरीका अनुसार अझै ५४ जना सम्पर्कविहीन छन्, जसमा ४४ जना पुरुष र १० जना महिला रहेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।