२०८३ भाद्र २२ गते सोमवार

धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गर्ने नाती पक्राउ

म्याग्दी ,२२ भदौ । जिल्ला म्याग्दी बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गर्ने उनकै नाती पक्राउ परेका छन् । आज बिहान मनकुमारीलाई उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए । धारिलो हतियार प्रहार गरी फरार भएको खबर पाए पछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका–२, हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । घटनाबारे आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।