२०८३ भाद्र १९ गते शुक्रवार

बाढिमा परी मृत्यु हुनेको संख्या एक हजार दुई सय नाघ्यो

फोटो फाईल

काठमाण्डौ, १८ भदौ । गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या अहिलेसम्म एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १२ बजेसम्म ८ वटा जिल्लामा उक्त संख्यामा शव भेटिएका हुन् । अहिलेसम्म रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ वटा शव भेटिएका छन् ।

प्राधिकरणका अनुसार अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार भएको छ । यस्तै चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् । यस्तै बाढीमा परेर घाइते भएका पाँच हजार १३५ जनामध्ये ३०१ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम चलिरहेको छ । यसमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।