फोटो फाईल
काठमाडौं,१६ भदौ । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो।
निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उहाँले बताउनुभयो। १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।