२०८३ भाद्र १५ गते सोमवार

दाङको एक पालिका अध्यक्ष ,सडक डिभिजन प्रमुख सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

फोटो फाईल

तुलसीपुर, १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको एक पालिका अध्यक्ष र सडक डिभिजनका तत्कालिन प्रमुख सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, सडक डिभिजन कार्यालय दाङका तत्कालिन कार्यालय प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालयका तत्कालिन वन अधिकृत राजु क्षेत्री सहित ९ जनाविरुद्ध आज-सोमवार) विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्ड अन्तर्गत रहेका २ हजार ७२४ थान रुख कटान गरि मिलेमतोमा ४० हजार ५५५ घनफिट काठको कुल जम्मा रू ८१ लाख ३७ हजार नौ सय रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ। आयोगले सडक र वन अधिकृत, पालिका अध्यक्ष, दुई जना वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्डको चे।६९०ं००० पाखापानी देखि चे.७१२ं००० लमही खण्डमा सडक क्षेत्राधिकार भित्रका सिसौ लगायत अन्य जातका काठरकुकाठ, ठूला, मझौला र सानासमेत गरी करिव १४०० भन्दा बढी संख्यामा रूखहरू कटानी भएको विवरण डिभिजन सडक दाङ्गबाट पेस भएको छ।

वन जंगल तथा बोटबिरूवाको संरक्षण सम्बर्द्धन र उपयोगमा जिल्ला स्थित डिभिजन वन कार्यालयहरूले नियामक र नेतृत्वदायी दुवै भूमिका खेल्नुपर्नेमा सडक विभागको स्वामित्वमा रहेको पूर्व पश्चिम राजमार्गको सडक सीमा २५/२५ मिटर भित्रका यस्ता जोखिमयुक्त रूखहरू हटाउन विभागीय प्रक्रिया चलिरहेको साथै लुम्विनी प्रदेशको स्थायी राजधानी दाङ्ग देउखुरी राप्ती उपत्यकामा सार्न मिति तोकिएको अवस्थामा २०७९ मंसिरको अन्तिम हप्ता र पौषको पहिलो हप्तामा जिल्लास्थित वन पदाधिकारीहरूको संलग्नतामै रूखहरू कटान गरी काठहरू गायब पारी सरकारी सम्पत्तिको हिनामिना गरेको भन्नेसमेत बेहोराको उजुरी अख्तियारमा प्राप्त भएको जनाएको छ।

सो सम्बन्धमा अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवालसमेतको मिलेमतोमा जिल्ला दाङ्ग, राप्ती गाउँपालिका वडा नं।१ पाखापानीदेखि लमही नगरपालिका-४ अर्नहवा सम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकार भित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रूख थान २७२४ कटान भएको देखिन्छ।

प्रतिवादीहरूको एक आपसको मिलेमतोमा वदनियत गरी सूचना प्रकाशन गर्ने गराउने कार्य गरे गराएको देखिएको, पालिका र उक्त वडा कार्यालयले सूचना बमोजिमको कार्य गर्न संयन्त्र बनाई उक्त कार्य गर्नु गराउनु पर्नेमा बदनियतपूर्वक सरकारी सम्पत्ति संक्षण गर्ने कार्य गरे गराएको नदेखिएको, डिभिजन वन कार्यालय दाङ्ग ९देउखुरी० ले आफ्नो क्षेत्राधिकार भित्र राप्ती गाउँपालिका र लमही नगरपालिका अन्तर्गत रहेका रूखहरू अनधिकृत रूपमा कटान हुँदा तत्कालै नियन्त्रणमा लिन सकिनेमा जानी बुझी वदनियतपूर्वक बेमतलव गरेको अख्तियारको ठहर छ।

सडक डिभिजन दाङ्गले आफ्नो सडक क्षेत्र भित्रका रूख कटान भएको सम्बन्धमा सार्वजनिक सडक ऐन, २०३१ मा भएको ब्यवस्था वमोजिम कुनै छानविन समिति वा अनुसन्धान अधिकृत तोकी अनुसन्धान कार्य अगाडि नबढाई प्रचलित कानुनको कार्यविधि पूरा नगरी विना ईजाजत अवैध रुपमा सडक क्षेत्राधिकार भित्रपर्ने रूखहरूको कटान गरी ओसार पसार गरी विभिन्न जातको ४० हजा ५५५ घनफिट काठको कुल जम्मा रू।८१ लाख ३७ हजार नौ सय रुपैयाँ हानी नोक्सानी समेत गरेको कसुर पुष्टि हुन आएको अख्तियारले जनाएको छ। उक्त कार्यमा संलग्न रहेको आरोपमा अख्तियारले नौ जनाविरुद्ध मुद्दा दायर गरेको हो। देहायका प्रतिवादीहरू उपर देहायबमोजिमको

जसमा सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ्ग ९देउखुरी० का तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार ९०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐ।ऐनको दफा ३ को उपदफा ९१० को देहाय ९ज० तथा भ्रष्टाचार निवारण ऐन, २०५९९पहिलो संशोधन सहित० को दफा ३ को उपदफा ९१० को देहाय ९च० बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम बिगोबमोजिम जरिवाना गरी ऐ।ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुनसमेत मागदाबी लिइएको छ।

यस्तै, दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, राप्ती गाउँपालिकाको वडा नं। १ का वडाध्यक्ष गेमे खड्काविरुद्ध तीन लाख ७१ हजार रुपैयाँ, राप्ती गाउँपालिकाको वडा नं। ४ का वडाध्यक्ष वीर बहादुर चौधरीविरुद्ध एक लाख ४१ हजार २२६ रुपैयाँ, सोही वडाका अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रूपैयाँ, सोही ठाउँका नन्दु गिरीविरुद्ध ३० हजार ९७० रूपैयाँ, राप्ती गाउँपालिका वडा नं। २ बस्ने झविन्द्र प्रसाद भण्डारीविरुद्ध एक लाख ४१ हजार २२६ रूपैयाँ र लमही नगरपालिका वडा नं। २ वस्ने केशर बहादुर चौधरीविरुद्ध ३६ हजार ६१ण् रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र बिगो असुल उपर हुने समेतको मागदाबी लिइएको छ।

यस अघि गत वर्ष जिल्ला अदालतले सोहि प्रकृतिको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट सहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५र१५ दिनको कैद सजायको फैसला सुनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।