२०८३ भाद्र १५ गते सोमवार

तुलसीपुरको एक सहकारी संस्थामा चोरी

तुलसीपुर, १५ भदौ । तुलसीपुरको एक सहकारी संस्थामा चोरी भएको छ । तुलसीपुर ३ गोठीखोलामा रहेको परिवर्तन कृषि सहकारी संस्थाको कार्यालयमा गएराती चोरी भएको हो । संस्थाका व्यवस्थापक प्रेम तिवारीका अनुसार रातीको समयमा चोरले कार्यालयको तिन वटा ढोकाको ताला फोडेर भित्र प्रवेश गरी दराजबाट अन्दाजी ९ हजार नगद चोरी गरेको हो । कार्यालयमा चोरी भएको विहान स्थानियले कर्मचारीलाई सुचना दिएपछि मात्रै आफुहरुले थाहा पाएको उहाले बताउनुभयो ।

चोरले कार्यालयको सरसमान समेत लथालिङ्ख बनाईदिएको छ । संस्थाले घटना बारे प्रहरीलाई जानकारी गराएको छ । संस्थाको कार्यालय देखी पुर्व तर्फ अस्थायी प्रहरी चौकी गोठिखोला रहेको छ । प्रहरी कार्यालय नजिकै संस्थाको कार्यालयमा तोडफोड र चोरी भएको हो । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी होम बहादुर पराजुलीले घटना बारे अनुसन्धान भईरहेको जानकारी दिनु भएको छ । उहाले गएराती संस्थाको कार्यालयमा चोरी भएको घटना बारे सुचना प्राप्त भएको र यस बारेमा आबश्यक अनुसन्धान भईरहेको बताउनुभयो । साथै उहाले सोहि क्षेत्रबाट गएराती चोरी भएको मोटरसाईकल फेला परेको बताउनु भएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।