२०८३ भाद्र १४ गते आइतवार

एमालेले औंल्यायो सरकारले तत्काल गर्नुपर्ने यी कामहरु

फोटो फाईल

काठमाडौं,१४ भदौ । नेकपा एमालेले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल गर्नुपर्ने ८ काम औंल्याएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी गएको थियो । उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूका रसुवागढी, टिमुरे, स्याफ्रुवेशी, मैलुङ, बेत्रावती, त्रिशुली, ढुंगे, देवीघाट लगायतका बस्तीहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । ती क्षेत्रको स्थलगत निरीक्षणका लागि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा एक टोली भदौ ११ गते नै नुवाकोटतर्फ प्रस्थान गरेको थियो । टोलीमा नेताहरू विष्णु रिमाल, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, पार्वत गुरुङ, विनोद श्रेष्ठ, निरज आचार्य, अमित लामा लगायत गएका थिए ।

टोलीले स्थलगत निरीक्षण तथा घाइतेसँग भेटघाट गरेको थियो । टोलीले बाढीबाट अत्यधिक प्रभावित बनेको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रको प्रत्यक्ष स्थलगत अवलोकन गरेको थियो । यसैगरी, स्थानीय अस्पताल पुगी बाढीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै देवीघाट बजार क्षेत्रको बाढीग्रस्त अवस्थाको समेत निरीक्षण गरेको थियो । साथै, महासचिव पोखरेलले बाढीले अति प्रभावित जिल्ला रसुवाकाबारे उपलब्ध ब्यक्तिहरु संग जानकारी लिएका थिए ।

सरकारले तत्काल गर्नुपर्ने ८ काम औंल्याइएको छ

१. एकीकृत कमान्ड पोस्ट स् तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर तुरुन्त एकीकृत ‘कमान्ड पोस्ट’ निर्माण गर्ने,

२. वैकल्पिक पहुँच स् मुख्य सडक नजोडिएसम्म वैकल्पिक माध्यम ९जस्तैस् तुइन, फलामे डोरी वा साना अस्थायी पुल० मार्फत जोखिममा रहेका क्षेत्रहरूमा खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउने ।

३. सडक खुलाउने र बेलिब्रिज स् स्थलमार्ग खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टहरू ९उपकरणहरू० परिचालन गरी युद्धस्तरमा काम गर्ने तथा नदी एवं ठूला खोलाहरूमा तत्काल बेलिब्रिज जडान गर्ने ।

४. टोखा शिवपुरी लिखु तादी सूर्यगडी– सरनथलि हुँदै नवकुण्ड कालिका धुन्चे सडक मर्मत गरी सञ्चालनमा ल्याउने । लिखु सूर्यगढी निस्केर जाने बाटो यस्को अर्को विकल्पको रुपमा प्रयोग गर्ने ।

५. धादिङवाट मध्यपहाडी राजमार्ग वाट किस्पाङ, तारकेश्वर हुदै रसुवा जाने बाटो ममर्त गरी शीघ्र सञ्चालनमा ल्याउने ।

६. खोजी कार्यमा तीव्रतास् डुबान क्षेत्रको भग्नावशेष र दलदलमा दबेका शवहरूको खोजी कार्यलाई तीव्रता दिन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्ने । जलविधुत आयोजनाका सुरुङमा फसेका देशी तथा विदेशी कामदारहरुको शीघ्र उद्धार गर्ने ।

७. नागरिक स्वयंसेवक परिचालनस् राहत र उद्धारका लागि सुरक्षा निकायका अतिरिक्त कामको प्रकृतिका आधारमा नागरिक स्तरबाट स्वयंसेवकहरूलाई तत्काल परिचालन गर्ने ।

८. भोटेकोशी तथा त्रिशुली बाढीमा परी मृत्यु भएका र हराएकाहरुको स्मृतिमा पार्क निर्माण गर्ने ।

मानवीय संकटको यस घडीमा राजनीति गर्ने वा प्रक्रियागत विलम्ब गर्ने छुट कसैलाई नरहेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।