तुलसीपुर, ११ भदौ । रसुवा र नुवाकोटमा हिजो आएको अकस्मात विपद्का कारण सम्पर्क विहिन भएका दाङका तीन जना सकुशल परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयले एक सुचना जारी गर्दै हिजो देखी सम्पर्क विहिन भएका उनीहरु आज विहान सम्पर्कमा आएको जानकारी दिएको छ । सम्पर्कमा आएका मध्ये तुलसीपुरका र दुई जना राजपुरका रहेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जारी गरेको सुचनामा उल्लेख छ ।
कार्यालयले जारी गरेको सुचना अनुसार रोल्पा घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ध्रुवबहादुर बुढामगर सम्पर्कमा आउनु भएको छ । उहा ठेक्कापट्टि तथा कामको सिलसिलामा रसुवा र नुवाकोटमा जानु भएको थियो । यस्तै राजपुर गाउँपालिका १, कठबेरवा निवासी गोपाल चौधरी र बुद्धिराम चौधरी पनि सकुशल आफ्ना परिवारको सम्पर्कमा जारी सुचनामा उल्लेख छ । साथै कार्यालयले अन्य सम्पर्क विहिन भएका मानिसका आफन्ती र परिवारलाई धैर्य गर्न र नआत्तिन आग्रह गरेको छ । प्रशासनले खोजी र सम्पर्कका लागी प्रयास जारी रहेको उल्लेख गरेको छ ।






