२०८३ भाद्र ११ गते बिहिवार

रास्वपा नेता हरि रिजालद्वारा विपद् राहत कोषमा २५ हजार सहयोग

तुलसीपुर ११ भदौ । देश यतिबेला प्राकृतिक विपत्तिको कठिन अवस्थाबाट गुज्रिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुरका नेता हरि रिजालले विपद् प्रभावित नागरिकको राहतका लागि रु. २५ हजार सहयोग गर्नुभएको छ।

 

रिजालले आफ्नो तर्फबाट सहयोगस्वरूप उक्त रकम सरकारी राहत कोषमा जम्मा गर्नुभएको हो। विपद्का कारण पीडामा परेका नागरिकलाई केही भए पनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो।“देशमा आइपरेको यो कठिन विपत्तिको घडीमा विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूसम्म केही राहत पुग्नेछ भन्ने आशाले सहयोग गरेको हुँ,” रिजालले भन्नुभयो। देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भइरहेका बेला राहत तथा उद्धारका लागि सहयोग जुटिरहेको छ।

 

यही मानवीय अभियानमा आफ्नो तर्फबाट समेत योगदान गर्न आफूले राहत कोषमा रकम जम्मा गरेको रिजालको भनाइ छ। विपद्को समयमा राज्यसँगै नागरिकस्तरबाट हुने यस्ता सहयोगले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रिजालले पनि विपत्तिको सामना गर्न सबैले आफ्नो क्षमताअनुसार सहयोग र मानवीय भावना प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया