फोटो फाईल
काठमाण्डौ, १० भदौ । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदी हुदै त्रिशूली नदीमा आएको बाढीबाट अहिले सम्म १६ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ । प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन । त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ । भोटेकोशी नदीमा आएको भिषण बाढिका कारण रसुवा सहित पाँच जिल्ला प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार





