२०८३ भाद्र १० गते बुधवार

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाण्डौ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गर्नुभएको छ । उहाले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गर्नुभएको हो ।

रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको ठुलो क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बनाएको उहाले उल्लेख गर्नुभएको छ । घटना स्थलमा उद्धारकर्मीहरु खटिएका छन् । तर अहिले सम्म घटनाको विवरण सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया