२०८३ भाद्र ८ गते सोमवार

सुनको भाउ फेरी बढ्यो,तोलामा ३ लाख २२ हजार नाघ्यो

फोटो फाईल

काठमाण्डौ, ८ भदौ । नेपाली बजारमा केही दिनयता लगातार सुनको मूल्य उकालो लागिरहेको छ । गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य आज सोमबार प्रति तोला ३ हजार २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

हिजो आइतबार २ हजार ८०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको थियो । गत शुक्रबार ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ थियो । यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० मा झरेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा झरेको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया