काठमाण्डौ, ८ भदौ । पोखरा भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भिडियो खिचेको भन्दै उहाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले एक पत्रकारको क्यामेराबाट भिडियो हटाएको छ।मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किएका प्रधानमन्त्री शाह पोखरा–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका बेला ‘मेरो साथी टीभी डटकम’का पत्रकार सुरेश सुनारले भिडियो खिच्नु भएको थियो ।
पत्रकार सुनारका अनुसार रिसोर्टको गेटबाट भिडियो खिच्न नदिएपछि उहाले विजयपुर खोलापारिबाट रिसोर्ट परिसरमा बसिरहेका प्रधानमन्त्रीको दृश्य क्यामेरामा कैद गर्नुभएको थियो । पारिपट्टिबाट भिडियो खिचिरहेको देखेपछि सेनाको टोली गाडी लिएर आएको र ‘निजी भ्रमण’ भएको भन्दै क्यामेरामा भएका दृश्यहरू एक-एक गरी डिलिट गर्न लगाएको सुनारले बताउनुभयो।
यसअघि शुक्रबार सडक मार्ग हुँदै परिवार, सचिवालय टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ९गनेस०सहित पोखरा आएका प्रधानमन्त्री शाह मुस्ताङ जाने क्रममा माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेज लजमा बस्नु भएको थियो ।त्यहाँ पनि सेनाले सुरक्षा कडा पार्दै सञ्चारकर्मीलाई आधा किलोमिटर वरै रोकेको थियो भने लजका कर्मचारीलाई परिचयपत्रका आधारमा मात्र प्रवेश दिएको थियो। पत्रकारको क्यामेराबाट भिडियो हटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ।





