२०८३ भाद्र ५ गते शुक्रवार

लुम्बिनीमा सवारी दुर्घटना हुदाँ साउनमा ३५ जनाको मृत्यु

दाङ,५ भदौ । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार साउन महिनामा प्रदेशभर भएका ४ सय १८ सवारी दुर्घटनामध्ये २ सय ८७ दुर्घटना तीव्र गतिका कारण भएका छन् । कार्यालयले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि विवरणअनुसार दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । ७११ जना घाइते भएका छन् । मृत्यु हुनेमा २८ पुरुष र सात महिला छन् ।

दुर्घटनाको दोस्रो प्रमुख कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको छ । साउन महिनामा मापसेका कारण ७३ वटा दुर्घटना भएका छन् । चालकको असक्षमता तथा लापरबाहीका कारण ३९, अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ६, छाडा चौपाया तथा जनावरका कारण चार, हतारमा बाटो काट्दा दुई र अनावश्यक ओभरटेकका कारण एउटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया