काठमाण्डौं,५ भदौ । आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ । आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९ हजार ३०० रुपैयाँले बढेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार





