फोटो फाईल
काठमाण्डौ, ३ भदौ । मकवानपुरको हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । खोलाले बगाउदा बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव भेटिएको छ । निर्मल मावि स्कुलबाट पढेर फर्किने क्रममा हिजो बेलुका चार बालिकालाई खोलाले बगाएको थियो ।
तीमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने कक्षा–२ मा पढ्ने राक्सिराङ–१ की रेश्मा स्याङ्तान हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुई जना विद्यार्थी वेपत्ता भएका मध्ये आज बिहान बिनिता भ्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो । अर्का कक्षा–५ मा अध्ययनरत सुमित्रा भ्लोनको खोजी भइरहेको छ ।
प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार





