रोल्पा, २९ साउन । रोल्पामा फेरी पहिरोले घर पुरिदा तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लगातार बर्षातका कारण आज विहान आठ बजेतिर सुनछहरी गाउँपालिका २ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जना मध्ये तिन जनाको शव फेला परेको प्रहरलिे जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय वीरु बहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो ।
मृत्यु हुनेमा ७७ वर्षीय वीरु घर्ती मगर, उहाकी श्रीमती ६८ वर्षीया शनि घर्ती मगर र छिमेकी ७० वर्षीया ललि घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परी अन्य दुई जना वेपत्ता भएका छन । यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरेको प्रहरीले जानकारी दिएको छ । वेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । यस अघि साउन २८ गते राती थबाङ गाउँपालिका–५ बोटलबारामा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।





