२०८३ साउन २७ गते बुधवार

कांग्रेस संस्थापन इतर समूहको २९ गते राष्ट्रिय भेला,पाँच महिना पछि देउवा स्वदेश फर्किदै

फोटो फाईल

काठमाण्डौ, २७ साउन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । आउदो शुक्रवार २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको हो ।इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिनुभयो । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि उहाले जानकारी दिनुभयो ।

राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–र्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । उहा थाई एयरबाट स्वदेश फर्किन लाग्नु भएको हो । जेन्जी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानु भएको थियो । उहा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो । देउवा पाँच महिना पछि स्वदेश फर्किन लाग्नु भएको हो ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया