फोटो फाईल
दाङ, २६ साउन । रुकुम पश्चिममा लडेर एक युवक घाईते भएका छन् । घाईते हुनेमा मुसिकोट नगरपालिका २ रातामाटा बस्ने ३० बर्षिय आखिराम खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख वेद पौडेलले जानकारी दिनुभयो । उहाका अनुसार हिजो राती अरिङगाल पोल्न जाने क्रममा लडेर घाईते भएका हुन ।
घटना राती साढे १२ बजेतिर भएको उहाले जानकारी दिनुभयो । घाइते खड्काको तत्काल उद्धार गरी स्थानिय स्वास्थ्य सेवा कार्यालय सल्ले, रुकुममा प्राथमिक उपचार पश्चात थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको उहाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार





