२०८३ साउन २६ गते मङ्गलवार

छत्रेश्वरीमा नेकपाको संगठन विस्तार तीव्र, साउनेपानीमा ३१ सदस्यीय टोल समिति गठन

सल्यान २५ साउन । नेपाली कम्युनिस्ट पार्टीले छत्रेश्वरी गाउँपालिकामा संगठन विस्तार तथा सदस्यतानवीकरण अभियानलाई तीव्रता दिएको छ। यसक्रममा छत्रेश्वरी–२ साउनेपानीको टोल नं. ३ मा दिपक विकको संयोजकत्वमा ३१ सदस्यीय टोल समिति गठन गरिएको छ।

केशरी खड्काको अध्यक्षता तथा दिपक विकको सञ्चालनमा भएको भेलामा कर्णाली प्रदेश सचिवालय सदस्य प्रेमबहादुर खड्काको प्रमुख आथित्यता रहेको थियो। कार्यक्रममा प्रदेश समिति सदस्य तथा वडा इन्चार्ज भिमबहादुर परियार, जिल्ला समिति सदस्य टिकाराम वली, गाउँ समिति सदस्य इन्द्रा वली र हिरालाल वलीलगायतको उपस्थिति थियो।

भेलाले विभिन्न टोल कमिटीका इन्चार्जसमेत तोकेको छ। पार्टीले छत्रेश्वरीका वडा, टोल स्तरसम्म संगठन विस्तारसँगै पुराना सदस्यको नवीकरण र नयाँ सदस्यलाई संगठनमा जोड्ने अभियान अघि बढाएको जनाएको छ।पार्टीका गाउँपालिका इन्चार्ज गोविन्द केसी र गाउँसमिति संयोजक हिमाल यात्रीलगायतको सक्रियतामा संगठन विस्तार, राजनीतिक प्रशिक्षण तथा जनसम्पर्कका गतिविधिलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको पार्टीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया