तुलसीपुर, १९ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दंगाली कम्युनिष्ट आन्दोलनका नेता स्वर्गिय शोभाराम बस्नेतको निधनले पाटीलाई ठुलो क्षति पुगेको बताउनु भएको छ । नेकपा एमाले दाङले आज बस्नेतको नवौँ दिनको अवसरमा आयोजना गरेको श्रद्धान्जली सभा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको छ । एमालेका पुर्व केन्द्रिय सल्लाहकार परिषद सदस्य समेत रहनु भएका बस्नेतको कम्युनिष्ट आन्दोलन देखी पाटी प्रतिको भुमिका बारे चर्चा गर्दै उहाले योगदानलाई भुल्न नसकिने बताउनु भयो । उहाले स्वर्गिय बस्नेतले पन्चायतकाल देखी लोकतन्त्र सम्मको राजनतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
आफुलाई कम्युनिष्ट नेताको रुपमा स्थापित गराउदै सधै उहाले ईमान र निष्ठाको राजनितिबाटै जनताको मन जितेको उहाले बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएकाले पोख्रेलले नेताका रुपमा स्थापित र सफल हुनलाई जनताको मनोविज्ञानलाई बुझन सक्नु पर्ने बताउनुभयो । पछिल्नो राजनितिक घटनाक्रम यसैको उदाहरण भएको उहाले बताउनुभयो । पुराना दलले जनताको मनोभावना र मनोविज्ञानलाई नबुझदा चुनावको परिणाम सोचे भन्दा ठिक उल्टो भएको उहाको भनाई छ । उहाले शोभाराम बस्नेत जस्ता नेताहरुबाट पाठ सिकेर नेताहरुले आफुलाई परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने जोड दिनु भएको छ ।
जिल्ला कमिटिका अध्यक्ष शिब कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरुलाल चौधरीले कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको योगदानको चर्चा उहाको योगदान र ईतिहासलाई जिवित राख्नका लागी आफुले पहल गर्ने बताउनुभयो । यसका लागी पाटीका नेताहरु संग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा केन्द्रिय अनुसासन आयोगका सदस्य छविलाल वली, नेपाली कांग्रेसका शिवहरी गौतम, नेपाली कम्युष्टि पाटीका राम बहादुर दहित , राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेपाल कम्युनिष्ट पाटीका विकास वली लगाएतले स्वर्गिय बस्नेतको चर्चा गर्नुभएको थियो । जिल्ला कमिटिका उपाध्यक्ष मनोहर बुढाथोकीले बस्नेतको जिवनी बारे चर्चा गर्नुभएको थियो भने घरपरिवारको तर्फबाट माईला छोरा मनोज बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो । विगत लामो समय देखी मृगौलाबाट पिडित बस्नेतको यहि साउन ११ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।





