२०८३ साउन १८ गते सोमवार

दाङ विद्युतीय व्यवसायी संघको चौथो बैठक सम्पन्न, देउखुरीमा सात सदस्यीय समिति गठन

तुलसीपुर , १७ साउन । दाङ विद्युतीय व्यवसायी संघको चौथो बैठक शनिबार लमहीमा सम्पन्न भएको छ। संघका अध्यक्ष विष्णुबहादुर ढकालको अध्यक्षतामा आयोजित बैठकले व्यवसायीका साझा समस्या, चुनौती तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको हो।

बैठकले भरत पाण्डेको अध्यक्षतामा नौ सदस्यीय विद्युतीय व्यवसायी देउखुरी  उप – समिति गठन  गरेको छ। नवगठित समितिले देउखुरी क्षेत्रमा व्यवसायीका हक–हित संरक्षण, समन्वय तथा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा विद्युतीय व्यवसायीहरूले भोगिरहेका विभिन्न व्यावसायिक समस्या, बजार व्यवस्थापन, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा समाधानका उपायबारे समेत गहन छलफल भएको संघका महासचिव खड्काले तुलसीपुर खबरलाई जानकारी दिनुभएको  छ।

बैठकमा सस्थाका सल्लाहकार जीवन लम्साल सचिब कृष्ण प्रसाद पौडेल र कोषाध्यक्ष मेघ प्रसाद पोख्रेलले सस्थाको गतिविधि हाल सम्मको सस्थाले गरेको कामको बारेमा प्रकाश पार्नु भएको थियो ।संघका निवर्तमान कोषाध्यक्ष हिमाल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सन्तोष खड्काले गर्नुभएको थियो। बैठकले व्यवसायीबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया