२०८३ असोज ७ गते बुधवार

काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालको लगातार चौथो हार

काठमाण्डौं,१० साउन । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बङ्गलादेशसँग ३–२ सेटले पराजित भयो। नेपालले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा बङ्गलादेशले दोस्रो सेट २५–१९, चौथो सेट २५–२३ तथा निर्णायक पाँचौँ सेट १५–११ ले जित्दै खेल आफ्नो नाममा गर्‍यो।

यसअघि नेपाल उद्घाटन खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२ तथा तेस्रो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा ३–० ले पराजित भएको थियो। नेपालले अब आफ्नो अन्तिम लिग खेलमा सोमबार उज्वेकिस्तानको सामना गर्नेछ। प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने प्रावधान रहेको छ। काभा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल बुधबार हुनेछ।।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।