दाङ, ८ साउन । सल्यानमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सारदा नगरपालिका १ श्रीनगर बस्ने २३ बर्षिय सन्तोष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टाराईले जानकारी दिनुभयो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले बस्नेतको घरमा खोजतलास गर्ने क्रममा सुत्ने कोठामा लुकाई राखको अवस्थामा लागु औषध खैरो हिरोईन २३० मिलिग्राम सहित पक्राउ गरेको उहाले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेत माथी जिल्ला अदालतबाट म्याद थप गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रवार





