२०८३ असार ३० गते मङ्गलवार

पेट्रोल छर्केर आत्मदाह गरेका मण्डलको निधन,एउटै प्रकतिको घटनाबाट मृत्यु हुनेको संख्या तिन पुग्यो

सांकेतिक तस्विर

काठमाण्डौ, ३० असार । पेट्रोल छर्केर जलेका सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ । गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डौ ल्याइएका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो । मण्डलको आईसीयूमा उपचारका क्रममा निधन भएको अस्पतालका प्लास्टिक सर्जन प्रा.डा शंकरमान राईले जानकारी दिनुभयो ।

मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो । मण्डलसहित पछिल्लो पटक यस्तै घटनामा तीन जनाको निधन भएको छ । यसअघि गत असार २५ गते पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको गत शुक्रवार निधन भएको थियो । यस्तै गत शनिबार बिहान आत्मदाह प्रयास गरेका का काठमाडौं बुद्धनगरका ४५ वर्षीय आश्विन रावतको निधन भएको थियो ।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया