२०८३ असार २८ गते आइतवार

तुलसीपुर कृषि सहकारी संस्थाको अध्यक्षमा राना र सचिवमा विश्वकर्मा निर्वाचित

तुलसीपुर, २८ असार । तुलसीपुर कृषि वन उद्यम सहकारी संस्थाको अध्यक्षतामा बालकृष्ण राना (धुव्र) निर्वाचित हुनु भएको छ । संस्थाको आज तुलसीपुरमा सम्पन्न भएको दोस्रो साधारण सभाको बन्दसत्रले रानालाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो । राना २०७४ सालको स्थानिय तहको निर्वाचनमा तुलसीपुर ४ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । यस्तै उपाध्यक्षमा शोभा विक र सचिवमा लक्ष्मण विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस्तै कोषाध्यक्षमा ओद बहादुर भण्डारी(गणेस) र सदस्यहरुमा आत्माराम धिताल, बसन्ता गौतम, कलिभान वली, बसुन्धारा केसी, धन बहादुर डाँगी(गणेस), खुमा कुमारी चलाउने र कृष्टी वली निर्वाचित हुनु भएको छ । यस्तैले सभाले लालमती भण्डारीको संयोजकत्वमा लेखा सुपरीवेक्षण उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा होताराम केसी र गणेस सुवेदी चयन हुनु भएको छ । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक रुप बहादुर खत्रीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । पदाधकारीको अवधी चार वर्षको हुनेछ ।संस्थाका अध्यक्ष खुम प्रसाद भण्डारीले छोडेपछि नेतृत्व विहिन बनेको थियो । लामो समय देखी नेतृत्व नहुँदा संस्था निष्क्रिय भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया