काठमाण्डौ, २७ असार । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन रावतको निधन भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका रावतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उहालाई सघन कक्ष -आईसीयू)मा राखेर उपचार गरिएको थियो ।रावतको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।
उहाको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । रावत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उहाले आत्मदाहको प्रयासको कारण भने खुलेको छैन । यस्तै यस अघि विहिवार जलनमा परेर गम्भिर घाईते भएका मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो । नेपालीले विहिवार राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको थियो ।






