गढवामा ४३.६३ के.जि लागुऔषध गाँजासहित एक जना पक्राउ
तुलसीपुर खबर
पढ्न लाग्ने समय : २ मिनेट
तुलसीपुर , २६ असार । दाङको गढवा गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता तथा डिएसपी डा.हेम बहादुर केसिका अनुसार गढवा गाउँपालिका–५ बाकी निवासी २८ वर्षीय शिउकुमार यादवलाई ४३.६३ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको हो।
हिजो पक्राउ परेका यादवको घरबाट लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको उहाले जानकारी दिनुभएको छ। पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आबश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।