२०८३ असार २६ गते शुक्रवार

गणेश नेपालीको घटनाको छानबिन गर्न समिति गठन

फोटो फाईल

काठमाण्डौ, २६ असार । सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महनिरीक्षक -डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै समिति गठन भएकोबारे जानकारी गराउनुभएको हो । गृहमन्त्री गुरुङले ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ ।

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । हिजो जलनपछि वीर अस्पताल पुर्‍याइएका मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया