तुलसीपुर, २५ असार। दाङको तुलसीपुरमा अत्याधुनिक सौन्दर्य तथा स्किन केयर सेवा प्रदान गर्ने उद्देश्यसहित ‘फिदर ब्युटि लक्स’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५, ङ लाइनमा विशाल रावल र सुमा बुढाथोकीको संयुक्त लगानीमा स्थापना गरिएको उक्त ब्युटी पार्लरको बिहीबार आयोजित एक समारोहबीच उद्घाटन गरिएको हो। तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले रिबन काटेर सेवाको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
मामा–भान्जीको संयुक्त लगानीमा स्थापना गरिएको ‘फिदर ब्युटि लक्स’मा करिब ६५ लाख रुपैयाँ लगानी गरिएको सञ्चालकहरूले जानकारी दिएका छन्। यहाँ अत्याधुनिक प्रविधिमार्फत ब्युटी पार्लरसम्बन्धी सम्पूर्ण सेवा तथा विभिन्न प्रकारका स्किन केयर सेवाहरू उपलब्ध गराइने जनाइएको छ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर–५ का वडा सदस्य युवराज नेपाली, तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्मा, दाङ तुलसीपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरिकृष्ण विक, तुलसीपुर चेम्बर अफ कमर्सका कोषाध्यक्ष लिला बहादुर वली (लोकेन्द्र) लुम्बिनी जुम्बा डान्सका संयोजक दिलिप केसि, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य मिना रावत, तुलसीपुर चेम्वर अफ कमर्सका सदस्य भिम केसी र निर्माण व्यवसायी चित्र रावल लगायतले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सुरुवात सञ्चालकका तर्फबाट गंगा मल्ल रावलको स्वागत मन्तव्यबाट भएको थियो। अर्का सञ्चालक सुमा बुढाथोकीले संस्थाको उद्देश्य, सेवा तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार माधव दाहालले गर्नुभएको थियो।






