फोटो फाईल
काठमाण्डौ, २४ असार । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो ।तर आइतबारयता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र हिजो १ हजार ४०० रुपैयाँले घटेको सुन आज ९०० रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८८ हजारमा कारोबार भएकोमा आज घटेर सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, हिजो ३० रुपैयाँले घटेकोमा आज ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार






