२०८३ असार २३ गते मङ्गलवार

भुटानी शरणार्थी प्रकरण : टोप बहादुर रायमाझी दोषी,उहाका छोरा निर्दोष ठहर

फोटो फाईल

काठमाण्डौ, २३ असार । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ।न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश गरिएको जिल्ला अदालतले जनाएको छ।

२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।यीमध्ये ७ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्। सफाईका मध्ये संजिव रायमाझी टोप बहादुर रायमाझीका छोरा हुन् । एउटै प्रकरणमा मुछिएका बुवाछोरा मध्ये छोराले सफाई पाएका हुन् ।

प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्वगृहमन्त्री खाँडलाई भने यिनै कसुरमा मतियार ठहर गरिएको छ। त्यस्तै, पूर्व गृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया