२०८३ असार २२ गते सोमवार

मेयर सरूवा गर्नुपर्छ भन्ने सांसद को हुन् ? भिडियो सार्वजनिक कसरी भयो

फोटो फाईल

काठमाण्डौ, २१ असार । मेयरको सरुवा गर्नुपर्छ भन्ने भिडियो राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सांसद पारसमणि गेलालको भएको खुलेको छ । उहाले मेयर सरूवा गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ। भाइरल भिडिओमा उहाले टेलिफोनमा कुनै व्यक्तिसँग कुराकानी गरिरहेको देखिन्छ। सार्वजनिक भएको १६ सेकेन्डको भिडिओ क्लिपमा उदयपुर–१ का सांसद गेलालले अधिकृत भनेका कर्मचारी हुन्। कर्मचारी सुध्रन सक्छन्। अब मेयर नै सरूवा गर्नुपर्छ। मेयर सरूवा गर्ने तयारी गर्नुस् भनेको छु। तपाईंको विषय मैले बुझेँ। म त्यहाँ आएको बेला गरौँला भनेको भिडिओ भाईरल बनेको छ ।

भिडिओको पुरा भाग नभएता पनि केहि कुराहरु प्रष्ट भनिएको छ । उक्त भिडिओ रास्वपाकै उदयपुर क्षेत्र नंम्बर २ का सांसद सूर्यबहादुर तामाङले फेसबुकमा सार्वजनिक गर्नुभएको थियो । त्यसपछि सामाजिक संजालमा भाईरल बनेको हो । यता सांसद गेलालले भने भिडिओ कसले खिच्यो र राख्यो भन्ने विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । सांसद गेलालले आफूलाई टेलिफोन गर्ने व्यक्तिलाई पनि नचिन्ने बताउनु भएको छ । तर उक्त भिडिओ सार्वजनिक भएपछि सांसद गेलालको चौतर्फी सामाजिक संजालमा चर्को आलोचना संगै मजाकमा उडाईएको छ ।

भिडिओ लिङक

https://www.facebook.com/reel/1000948166060100

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया