काठमाण्डौ,२१ असार । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६ सय १५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार






