दाङ,१८ असार । दाङमा राप्ती नदीबाट एक जनाको उद्वार गरीएको छ। राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३० का हेमन्त गिरी भालुवाङ स्थित राप्ती नदीमा ट्रयाकसुटको पासो लगाई आत्माहत्या गर्न खोज्दा पासो फुस्केर पुलबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक गोपाल न्यौपानेले जानकारी दिनुभएको छ ।
नदीमा खसेका गिरीलाई सामान्य चोट लागेको छ । आज नदीमा खसेको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय भालुवाङ र शसस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेटक्वाटर ज्वालामाईगणबाट खटिएको प्रहरी टोलीले तत्काल सकुशल उद्वार गरि भालुवाङ अस्पताल पुर्याएको थियो ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार






