२०८३ असार १८ गते बिहिवार

दाङमा ४ सय ८८ महिलामा पाठेघरको मुखको क्यान्सरको लक्षण फेला

दाङ,१८ असार । पछिल्लो चार वर्षमा घोराही उपमहानगरपालिकामा ४ सय ८८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट चार सय ८८ जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो । महिलाहरुको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले ०७९/८० बाट पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ ।

चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७ सय ४१ जना महिलाहरुको पाठेघर परीक्षण गरेको छ। त्यही परीक्षणमा ४ सय ८८ जना महिलाको पाठेघरमा क्यान्सरको शंकास्पद लक्षण फेला परेको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो । तथ्याङ्कअनुसार पहिलो वर्ष आर्थिक वर्ष २०७९/८० मा कुल पाँच हजार ८ सय ९ जना महिलाहरुको पाठेघर परीक्षण गरियो । तीमध्ये १ सय १६ जना महिलामा क्यान्सर पोजेटिभ देखियो । आर्थिक वर्ष २०८०/८१ मा पनि घोराहीले ३ हजार ६ सय ६५ महिलाको पाठेघर जाँच ग¥यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो । यस्तै आर्थिक वर्ष २०८१/८२ मा ५ हजार २ सय ६० जनामा गरिएको परीक्षणबाट १ सय ६४ जनामा शंकास्पद लक्षण भेटिएको थियो भने चालु आर्थिक वर्ष २०८२/८३ मा २ हजार ७ जनाको पाठेघर जाँच गर्दा १ सय २० जनामा पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया