२०८३ असार १५ गते सोमवार

आज सुनचाँदीको भाउ घट्यो

फोटो फाईल

काठमाण्डौ, १५ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा झरेको छ । आइतबार ४ हजार ७०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा उक्लिएको थियो ।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया