२०८३ असार १४ गते आइतवार

पूर्वप्रधानमन्त्रीहरू ओली, दाहाल, नेपाल र खनाल एउटै मञ्चमा, कम्युनिष्ट एकतामा जोड

काठमाण्डौ, १४ असार । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएका छन्। आज जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा उनीहरु एउटै मञ्चमा देखिएका हुन्।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको समेत उपस्थिति रहेको थियो । सो अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताउनुभयो । उहाले अहिलेको समय प्रतिगमनलाई पराजित गर्ने बेला आएको बताउदै उहाले सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकतामा जोड दिनुभयो । यस्तै नेपाली कम्युनिस्ट पार्टी -नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै गुनासो गर्नुभयो ।

उहाले विगतका राजनिति घटनाक्रमलाई समिक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूहरूले विगतमा बहुमत पाउँदा पनि सदुपयोग गर्न नसकेको स्वीकार बताउनुभयो । उहाले बहुमतको सदुपयोग गर्न नसकेकै कारण अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । अहिले संसदमा रहेका कम्युनिष्ट पार्टीहरूका सांसदको संख्या जोड्दै उहाले गत फागुन २१ गतेको निर्वाचनमा मिलेर चुनाव लडेको भए यो दिन नआउने तर्क गर्नुभयो ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया