२०८३ असार १४ गते आइतवार

रोल्पामा सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद

रोल्पा, १४ असार ।  रोल्पामा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो बिहान करिब १० बजेको समयमा रोल्पा नगरपालिका–४ स्थित वाईगाउँको डहरे सामुदायिक वन क्षेत्रमा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा एक थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । प्रहरीले बरामद गरिएको बन्दुकको मुचुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जनाएको छ । प्रहरीले उक्त बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया