२०८३ असार १३ गते शनिवार

कांग्रेस नेता गिरी फेरी पक्राउ

फोटो फाईल

मोरङ, १३ असार । विराटनगरका कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीलाई शनिबार बिहान आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो।

घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा घरमा खानतलासी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सोही क्रममा प्रहरीले गिरीलाई पक्राउ गरेको हो। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया