२०८३ असार १ गते सोमवार

आज सुनको भाउ तोलामा पाँच हजार बढ्यो

फोटो फाईल

काठमाण्डौ, १ असार । नेपाली बजारमा आज सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो। आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ। यससँगै चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार
प्रतिक्रिया