२०८३ जेष्ठ ३१ गते आइतवार

लोभी–पापीले पार्टी फुटाउन सक्छन् : एमाले अध्यक्ष ओली

फोटो फाईल

काठमाण्डौ,३१ जेठ । नेकपा लेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई लोभी–पापीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ । बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर बिफ्रिङ लिनुभएको थियो । त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कडा असन्तुष्टि जनाउनुभएको हो ।

ओलीले पुनर्गठन र विशेष महाधिवेशनजस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ । ओलीले आफूलाई हटाउन खोजिएको तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनुभएको नेताहरूले जनाएका छन् । एमाले सचिवालयको बैठकले जेठ १० गते रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन् पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया